अनुभूति कश्यपको सिनेमामा डाक्टर बन्दै आयुष्मान

अनुभूति कश्यपको सिनेमामा डाक्टर बन्दै आयुष्मान

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं– बलिउड अभिनेता आयुष्मान खुराना नयाँ सिनेमाको तयारीमा छन् । अनुभूति कश्यपले निर्देशन गर्ने सिनेमा ‘डाक्टर जी’ मा उनी पहिलो पटक डाक्टरको भुमिकामा देखिदैछन् ।

‘मैले सिनेमाको स्क्रिप्ट पढ्ने बित्तिकै काम गर्छु भनेको थिए । किनकी यसमा एकदमै सुपर फ्रेश कहानी छ । यो सिनेमाले दर्शकलाई हाँस्न बाध्य गराउँछ । साथै सिनेमामा राम्रो र सोचनिय सामाजिक सन्देश पनि छ’ आयुष्मानले भारतीय मिडियासँग भनेका छन् । कमेडी ड्रामा सिनेमा जंगली पिक्चर्सको लगानीमा बन्ने छ ।

अनुभूति कश्यप, सुमित सक्सेना, विशाल वाघ र सौरभ भारतले मिलेर सिनेमाको स्क्रिप्ट तयार पारेका छन् । यो सिनेमा मार्फत अनुभूति कश्यप निर्देशनमा डेब्यू गर्दैछन् ।