प्रियंका र राजकुमारको ‘द व्हाइट टाइगर’ ट्रेलर रिलिज

प्रियंका र राजकुमारको ‘द व्हाइट टाइगर’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं– बलिउड तथा हलिउड नायिका प्रियंका चोपडा र राजकुमार राव स्टारर सिनेमा ‘द व्हाइट टाइगर’को ट्रेलर सार्वजनिक भएको छ । सिनेमामा राजकुमार राव धनी परिवारको छोराको भुमिकामा देखिएका छन् भने प्रियंका उनकी गर्लफ्रेन्डको भुमिकामा छिन् ।

सिनेमामा ड्राइभरको भुमिका निभाउने आदर्श गौरवको शानदार भुमिका छ । सिनेमामा उनलाई एक केसमा झुटो आरोपी बनाएर फसाइन्छ । यसै वरिपरी सिनेमाको कहानी घुमेको छ । यो सिनेमा अंग्रेजी र हिन्दी दुवै भाषामा रिलिज हुनेछ ।

रमन बहरानीले निर्देशन गरेको सिनेमा अरविन्द अडिगाको एक नोबलमा आधारित छ । मुकुल देओराको लगानी रहेको सिनेमामा प्रियंका चोपडा, अभा दुर्भेने कार्यकारी निर्माता रहेका छन् ।