आलिया र सञ्जयविरुद्ध गंगूबाई परिवारको उजुरी

आलिया र सञ्जयविरुद्ध गंगूबाई परिवारको उजुरी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं– बलिउड अभिनेत्री आलिया भट्ट अभिनिति सिनेमा ‘गंगूबाई काठियावाडी’ विवादमा फसेको छ । कमाठीपुरा रेड लाइट एरिया व्यवस्थापनदेखि माफिया क्विनको परिचय बनाएकी गंगूबाईको रियल स्टोरीलाई सिनेमामा उतारिदैछ । तर, गंगुबाईको परिवारले सिनेमाकर्मी र आलिया विरुद्ध बम्बे सिटी सिविल कोर्टमा उजुरी दर्ता गरेका छन् ।

गंगूबाईको परिवारले सिनेमाको कहानीमा आपत्ति जनाएका छन् । उनको परिवारले लेखक हुसैन जैदी, निर्देशक सञ्जय लीला भन्साली र आलिया भट्ट विरुद्ध उजुरी दर्ता गरेका छन् । अब, यस केसमा कोर्टले तीनै जनासँग २०२१ जनवरी ७ सम्म जवाफ मागेको छ । यो सिनेमा लेखक हुसैन जैदीको पुस्तक ‘माफिया क्विन्स अफ मुम्बई’मा आधारित रहेको छ ।

गंगूबाईको पुरा नाम ‘गंगा हरजीवन दास’ हो । उनको पतिले बेचेपछि उनी वेश्यावृतिमा धकेलिएकी थिइन् । त्यसपछि उनी गंगूबाईको नामले परिचित भइन् । साथै उनी मुम्बईकी माफिया क्विन बनिन् । सिनेमामा गंगूबाईको भुमिका आलिया भट्ट निभाउदैछिन् ।