करण जोहरको ‘योद्धा’बाट बाहिरिए शाहिद !

करण जोहरको ‘योद्धा’बाट बाहिरिए शाहिद !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं– बलिउड अभिनेता शाहिद कपूर शशांक खेतानको निर्देशनमा बन्ने सिनेमा ‘योद्धा’ को तयारीमा थिए । तर हालै शाहिदले सिनेमाबाट हात झिकेको खबर बाहिरिएको छ ।

करण जोहरको ब्यानर धर्मा प्रोडक्सनबाट निर्माण हुन लागेको सिनेमाको स्क्रिप्टमा चित्त नबुझको भन्दै शाहिदले सिनेमाबाट हात झिकेका छन् । सिनेमाको छायांकन सुरु हुनु भन्दा अगाडी मेकर्स र शाहिदबीच विवाद भएको थियो । जसको कारण शाहिद आफै सिनेमाबाट अलग भएका छन् ।

भारतीय मिडिया अनुसार, सिनेमामा शाहिद नै रहने सम्भावना जिवितै छ । यो सिनेमाको हाल सम्म औपचारिक घोषणा गरिएको छैन । ‘योद्धा’ एक एक्सन सिनेमा हो । उनी  जनवरीबाट सिनेमाको छायांकन सुरु गर्ने तयारीमा थिए । सिनेमामा लीड अभिनेत्री दिशा पाटनी रहने बताइएको थियो ।

शाहिदले सिनेमाको लागि निकालेको समय आफ्नो डेब्यू वेब सीरीजलाई दिने भएका छन् । राज एन्ड डिकेको निर्माण तथा निर्देशन रहने उक्त वेब सीरीजमा शाहिदले तामिल सुपरस्टार विजय सेतुपतिसँग स्क्रिन सेयर गर्दैछन् ।