‘कबीर सिंह’ निर्देशकको ‘एनिमल’मा रणबीर

‘कबीर सिंह’ निर्देशकको ‘एनिमल’मा रणबीर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं– बलिउड अभिनेता रणबीर कपूरले ‘कबीर सिंह’ निर्देशक सन्दीप रेड्डीको सिनेमा साइन गरेका छन् । यो सिनेमाको नाम पहिला ‘डेबिल’ राखिएको थियो । तर हाल सिनेमाको नाम परिवर्तन गरेर ‘एनिमल’ राखिएको छ ।

भारतीय मिडिया अनुसार रणबीरलाई क्राइम ड्रामा ‘एनिमल’को कथा मन परेपछि उनले सिनेमा साइन गरेका हुन् । उनी अर्काे वर्षको मध्यबाट सिनेमाको छायांकन सुरु गर्ने तयारीमा छन् । सिनेमामा भुषण कुमार र मुराद खेतानीको लगानी रहनेछ ।

उनी सन्दीपको सिनेमा भन्दा पहिला लभ रन्जनको अनटाइटल सिनेमाको छायांकनमा व्यस्त हुनेछन् । लभ रन्जनको सिनेमामा उनी श्रद्धा कपूरसँग स्क्रिन सेयर गर्दैछन् । हाल रणबीर ‘बह्मास्त्र’ र ‘शमशेरा’को छायांकनमा व्यस्त छन् ।