जन्मदिनमा सलमानको अपील- ‘घर बाहिर भीड नगरिदिनुस्’

जन्मदिनमा सलमानको अपील- ‘घर बाहिर भीड नगरिदिनुस्’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं– बलिउड अभिनेता सलमान खान २७ डिसेम्बरमा ५५ औं जन्मदिन मनाउदैछन् । उनले पनवेल स्थित आफ्नो फार्महाउसमा मध्यरातमा केक काटेर जन्मदिन सेलिब्रेट गरेका हुन्।

सलमानका फ्यानहरु उनको जन्मदिनलाई उत्सव जसरी मनाउछन् । तर उनले यो वर्ष आफ्नो जन्मदिन सेलिब्रेट नगर्न भनेका छन्। उनले भारतीय मिडियासँगको कुराकानीमा यस वर्ष बर्थडे सेलिब्रेशन कार्यक्रम नराखिएको बताए । ‘मेरो फार्महाउसमा परिवार मात्र छौं, अरु कोहि छैनन् । यो वर्ष सबैको लागि खराब रहेको छ । यस्तो अवस्थामा बर्थडे सेलिब्रेशन गर्न उचित हुँदैन । अर्काे वर्ष सबैको जीवनमा सकारात्मक हुन्छ भन्ने आशा छ । २०२१ सबैको लागि राम्रो होस् ।’ मास्क लगाउनुस्, हात धुनुस् र सामाजिक दुरी कायम राख्नुस्’  उनले भने ।

त्यस्तै, सलमानले आफ्नो गैलेक्स अपार्टमेन्टको बाहिर एक नोटिस लगाएरका छन् । उक्त नोटिसमा लेखिएको छ, ‘हरेक वर्ष मेरो जन्मदिनमा फ्यान्सको माया र स्नेह पाउँछु, तर यो वर्ष कोरोना महामारीलाई ध्यानमा राख्दै मेरो घरको बाहिर भीड जम्मा नगर्न मेरो आफ्नो मान्छेहरुलाई अपील छ । सामाजिक दुरी कायम राख्नुस्, माक्स लगाउनुस्, सेनिटाइजर गर्नुस् ! म यो समय गैलेक्समा छैन ।’

सलमानले आफ्नो सिनेमा ‘राधे: योर मोस्ट वान्डेड भाई’को छायांकन सकाएका छन् । तर कोरोना महामारीका कारण यो सिनेमा कहिले रिलिज गर्ने भन्ने टुंगो छैन । हाल उनी अन्तिमको सुटिङमा व्यस्त छन् ।