केजीएफ टिमको ‘सलार’मा प्रभाससँग दिशा

केजीएफ टिमको ‘सलार’मा प्रभाससँग दिशा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं– साउथ सुपरस्टार प्रभास सिनेमा ‘राधे श्याम’को छायांकनमा व्यस्त छन् । केहि समय अगाडी ‘केजीएफ’ निर्माताले प्रभासलाई लिएर ‘सलार’को निर्माण घोषणा गरेका थिए ।

भारतीय मिडियाका अनुसार सिनेमामा प्रभाससँग बलिउड अभिनेत्री दिशा पाटनीको जोडी बाँधिने भएको छ । तर, आधिकारिक घोषणा गरिएको छैन । निर्देशक प्रशान्त नील सिनेमाको लागि हैदराबादको सामोजी सिनेमा सिटीमा एक विशाल सेट निर्माण गर्दैछन् । प्रभास जनवरीको अन्तिमबाट ‘सलार’को सुटिङ सुरु गर्ने तयारीमा छन् ।

प्रभास २०२१ मा ‘सलार’को अलवा ‘आदिपुरुष’को सुटिङ पनि गर्नेछन् । त्यस्तै, दिशा पाटनीले केहि समय पहिले सलमान खानको ‘राधे’को छायांकन सकाएकी थिइन् ।