अक्षयको पारिश्रमिक १ सय ३५ करोड

अक्षयको पारिश्रमिक १ सय ३५ करोड

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं– बलिउड अभिनेता अक्षय कुमारको एक वर्षमै ४–५ वटा सिनेमा प्रर्दशनमा आउँछ । उनले गर्ने सिनेमाको बजेट धेरै हुँदैन । तर, सिनेमाले हलमा १ सय करोड भन्दा माथिको व्यापार गर्छ । यस्तै, उनको सिनेमाले डिजिटल राइट्स, म्युजिक भिडियो, टेलिभिजन राइट्स र हलबाट २ सय करोड भन्दा माथि कमाउने गरेका छन् ।

आफ्नो बढ्दो माग र निर्मातालाई घाटा नहुने भएपछि उनले आफ्नो पारिश्रमिक बढाएका छन् । भारतीय मिडिया अनुसार अक्षयले आफ्नो पारिश्रमिक १ सय १७ करोडबाट बढाएर १ सय ३५ करोड पुर्याएका छन् ।

अक्षयले भारतमा लकडाउन सकिएसँगै आफ्नो पारिश्रमिक ९९ करोडबाट बढाएर १ सय ८ करोड पुर्याएका थिए । त्यसको केही समयपछि नै उनले पारिश्रमिक १ सय १७ करोड पुर्याएका थिए । सन् २०२२ मा रिलिज हुने सिनेमाका लागि उनले पारिश्रमिक १ सय ३५ करोड पुर्याएका हुन् ।

अक्षयको पछिल्लो समय सिनेमा ‘लक्ष्मी’ रिलिज भएको थियो । उनको सिनेमा ‘सूर्यवंशी’ प्रदर्शनको पर्खाइमा छ । अक्षयले ‘बेल बटम’को छायांकन पुरा गरिसकेका छन् । हाल उनको हातमा ‘अतरंगी रे, पृथ्वीराज, राम सेतु, मिशन लायन, रक्षा बन्धन’ जस्ता सिनेमा छन् ।