जी स्टुडियोले २ सय ३० करोडमा किन्यो सलमानको ‘राधे’

जी स्टुडियोले २ सय ३० करोडमा किन्यो सलमानको ‘राधे’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता सलमान खानको मुख्य भूमिका रहेको सिनेमा ‘राधे’ अर्को बर्षको इदमा रिलिज हुने चर्चा छ । कोरोना महामारीका कारण भारतमा लकडाउन भएपछि सिनेमा यस बर्ष रिलिज हुन सकेन ।

सिनेमालाई प्रभुदेवाले निर्देशन गरेका हुन् । सिनेमाको हाल पोष्ट प्रोडक्शनको काम अन्तिम चरणमा रहेको बलिउड मिडियाले जनाएका छन् । सिनेमाको कुनैपनि प्रचार सामाग्री सार्वजनिक राधेलाई जी स्टूडियोले महंगो रकममा खरिद गरेको छ ।

बलिउड मिडियाका अनुसार सिनेमालाई जी स्टुडियोले २ सय ३० करोडमा किनेको छ । सिनेमाको भारत र ओभरजि राइट्ससँगै सेटलाइट्स राइट्स पनि यसमा समावेश छ । कोरोनाको महामारीका बीच पनि जी स्टुडियोले सलमानको सिनेमाका लागि महंगो रकम खर्च गरेको हो ।

सलमानको सिनेमाको डिजिटल र सेटलाइट्समा माग निकै हुने गर्दछ । जसका कारण पनि स्टुडियोले महंगो रकम तिर्दा पनि लगानी सजिलै उठ्ने विश्वास रहेको बलिउड मिडियाले उल्लेख गरेका छन् ।

सनेमामा सलमानका अलवा अभिनेत्री दिशा पटानी रणदीप हुड्डा, ज्याकी श्राफ लगायतका कलाकारको मुख्य भूमिका रहेकोछ ।