थलापथी विजयको सिनेमामा पुजा हेग्डे

थलापथी विजयको सिनेमामा पुजा हेग्डे

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं– साउथ अभिनेता थलापथी विजय नेल्सन दिलीपकुमारको निर्देशनमा बन्ने सिनेमामा अनुबन्धित भएका छन् । अनटाइटल सिनेमा ‘थालापथी ६५’मा विजयसँगै अभिनेत्री पूजा हेग्डे देखिने छिन् ।

निर्माण टिम जनावरीबाट छायांकनमा जाने तयारीमा छन् । हालसम्म सिनेमाको पुरै स्टारकास्टको बारेमा आधिकारिक जानकारी गराइएको छैन । निर्माण टिमले सिनेमा आगामी दिवालीमा रिलिज गर्ने योजना रहेको बताएका छन् ।

हाल विजय लोकेश कनगराज निर्देशित सिनेमा ‘मास्टर’ रिलिजको तयारीमा छ । यो सिनेमा तामिलहरुको ठूलो पर्व पोगंलको अवसर पारेर जनावरी १३ बाट सिनेमा हलमा रिलिज हुँदैछ । त्यस्तै, पूजा प्रभासको ‘राधे श्याम’ र रणवीर सिंहको ‘सर्कस’ छायांकनमा व्यस्त छिन् ।