पुष्प र इनुको ‘फुली नाकैमा’को म्युजिक भिडियो रिलिज

पुष्प र इनुको ‘फुली नाकैमा’को म्युजिक भिडियो रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक मुकुन्द भट्ट एण्ड टिमले निर्देशन गरेको म्युजिक भिडियो फुली नाकैमा रिलिज गरिएको छ । मेलिना राई र दिपेन्द्र बुढा क्षेत्रीको स्वर रहेको गीतको भिडियो र अडियो औषत बनेको छ ।

स्वंयम गायक दिपेन्द्रको शब्द तथा संगीत रचना रहेको गीतमा पुष्प खड्का र इनु क्षेत्रीलाई फिचर्ड गरिएको छ । गीतमा बाल कलाकार प्रोमिन्जल भट्टको पनि अभिनय रहेकोछ ।लोक पप शैलीमा तयार गरिएको गीतको एरेञ्ज कृष्ण बिकले गरेका हुन् ।

गोकुल कुँवर र झंकर कुँवरको लगानी रहेको गीतका कार्यकारी निर्माता जितेन्द्र स्वाँर हुन् । आलोक शुक्लाको डिओपी रहेको गीतमा नरेन्द्र नाथ योगीको कन्सेप्ट र कोरियोग्राफी छ । गोल्डेन हिल्स पिक्चर्सको पोष्ट प्रोडक्सन रहेको गीत सोही कम्पनीको अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको छ ।