रणबीर कपूरको ‘एनिमल’मा अनिल, परिणीति र बबी

रणबीर कपूरको ‘एनिमल’मा अनिल, परिणीति र बबी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं– नयाँ वर्षको अवसर पारेर बलिउड अभिनेता रणबीर कपूरको सिनेमा ‘एनिमल’को औपचारिक निर्माण घोषणा गरिएको छ । ‘कबीर सिंह’ निर्देशक सन्दीप रेड्डीले निर्देशन गर्ने सिनेमामा रणबीरसँगै अनिल कपूर, परिणीति चोपडा, बबी देओलको अभिनय रहने छ ।

निर्देशक सन्दीपले एक इन्ट्रोडक्शन भिडियो सार्वजनिक गर्दै सिनेमाको औपचारिक घोषणा गरेका हुन् । उक्त भिडियोमा रणबीर कपूरको आवाज पनि राखिएको छ ।

सिनेमाको फर्स्ट भिडियो लुक सेयर गर्दै अनिल कपूरले लेखेका छन, ‘ओ बोय, यस सिटीसँग यो वर्ष अझै शानदार हुनेछ । एनिमलको फर्स्ट लुक पेश छ । हाम्रो यात्रा सुरु गर्नको लागि धेरै कुर्न सक्दिन ।’