द सिनेमा टाइम्स, काठमाडौं– बलिउड अभिनेता वरुण धवनको ‘कुली नम्बर १’ डिजिटल प्लाटर्फमबाट डिसेम्बर २५ मा रिलिज भएको थियो । यो सिनेमालाई दर्शकले खासै रुचाएनन् ।
सिनेमा रिलिज भएपछि सामाजिक सञ्जालमा ‘कुली नम्बर १’ ट्रोल भइरहेको छ । ‘कुली नम्बर १’ रिलिजपछि वरुणको सिनेमा छनोटमा प्रश्न उठेको छ । उनले भारतीय मिडियासँगको कुराकानीमा भनेका छन्, ‘यदि मलाई कोहि सिनेमाको लागि अनकूल छ भन्छन् भने हो म अनकूल छु, र मलाई केहि फरक पर्दैन ।’
‘सिनेमा बनाउन मुस्किल हुन्छ । यसको लागि निकै मिहेनत गर्नुपर्छ । म सबैलाई खुशी दिनको लागि सिनेमा बनाउँछु र म आफ्नो काममा इन्जोय गर्छु । मेरो लागि मान्छेको हरेक रियाक्सन महत्वपूर्ण हुन्छ’, उनले भने ।
१९९५ मा ‘कुली नम्बर १’मा गोविन्दा र करिश्मा कपूरको अभिनय थियो । उनीहरुलाई दर्शकले निकै रुचाएका थिए । हाल गोविन्दा र वरुणबीच तुलना भइरहेको छ ।



प्रतिक्रिया