भन्सालीको ‘हिरा मन्डी’मा मनिषादेखि आलियासम्म

भन्सालीको ‘हिरा मन्डी’मा मनिषादेखि आलियासम्म

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं– बलिउड निर्देशक सञ्जयलीला भन्साली ‘हिरा मन्डी’को तयारीमा छन् । सिनेमामा आलिया भट्ट रहने चर्चा पहिला देखि नै भइरहेको थियो । हाल सिनेमाको लागि उनले आलियाका अलवा बलिउडका प्रतिष्ठित अभिनेत्रीहरुलाई प्रस्ताव गरेका छन् ।

बलिउड हंगामाको अनुसार उनले सिनेमाका लागि आलिया भट्ट, ऐश्वर्या राय बच्चन, माधुरी दीक्षित, दीपिका पादुकोण, मनिषा कोइराला, परिनीति चोपडा, विद्या बालनसँग कुरा गरिरहेका छन् । सिनेमाको निर्देशन भने सञ्जय आफैंले गर्ने छैनन् । उनले सिनेमा निर्देशनको जिम्मा विभू पुरीलाई दिएका छन् । उनी भन्सालीको सिनेमाकी मुख्य सहायक निर्देशन रहँदै आएकी छिन् । ‘हिरा मन्डी’ पाकिस्तानको लाहोरमा रहेको चर्चित रेडलाइट एरिया हो ।

भन्सालीले १३ वर्षअघि देखि नै यो कथामा सिनेमा बनाउने घोषणा गरेका थिए । महंगो बजेटको सिनेमा नेट फ्लिक्सले निर्माण गर्न लागेको हो ।