यशको जन्मदिनमा ‘केजिएफ २’ टिजर रिलिज (भिडियो)

यशको जन्मदिनमा ‘केजिएफ २’ टिजर रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बहुप्रतिक्षित कन्नड सिनेमा ‘केजीएफ च्याप्टर २’को टिजर सार्वजनिक गरिएको छ । सिनेमाका मुख्य अभिनेता यशको जन्मदिनको अवसर पारेर सिनेमाको टिजर रिजिल गरिएको हो ।

सार्वजनिक टिजरमा यशका अलवा संजय दत्त, रविना टन्डन र श्रीनिधि श्रेट्टीलाई स्थान दिइएको छ । प्रशान्त निल निर्देशित सिनेमा हिंन्दी, तामिल, तेलुगु र मल्यालम गरी पाँच भाषामा रिलिज गरिनेछ ।

सिनेमामा विजय किरागन्दुरको लगानी छ । केजिएफ २ मा बलिउड अभिनेता संजय दत्तले अधिराको भूमिका निवार्ह गरेका छन् । सिनेमामा प्रकाश राज र मालविका अविनाशको पनि अभिनय छ ।

‘केजीएफ’को पहिलो सिरिज सन २०१८ मा रिलिज भएको थियो । यो सिनेमाले बक्सअफिसमा बम्पर व्यापार गरेको थियो । हाल ‘केजिएफ’ निर्माण टिम सुपरस्टार प्रभाषको मुख्य भुमिका रहने सिनेमा सलारको प्रि-प्रोडक्सनमा निर्माण टिम छ । भने, केजिएफको पोष्ट प्रोडक्सनको काम भैरहेको छ ।