द सिनेमा टाइम्स, काठमाडौं– अभिनेता यशको कन्नड सिनेमा ‘केजीएफ च्याप्टर २’को भारतमा सहित नेपालको पनि युट्युब ट्रेन्डिङको पहिलो स्थान कब्जा गरेको छ । यो समाचार तयार पार्दा शुक्रबार रिलिज भएको टिजरले १ सय १९ करोड भन्दा बढि भ्युज पाएको छ ।
सिनेमामा यशका अलवा संजय दत्त, रविना टन्डन र श्रीनिधि श्रेट्टी लगायत कलाकारको अभिनय छ । प्रशान्त निल निर्देशित सिनेमा हिंन्दी, तामिल, तेलुगु र मल्यालम गरी पाँच भाषामा रिलिज गरिनेछ ।
जीप्लेक्समा विधुत र श्रुतिको ‘पावर’
बलिउड अभिनेता विधुत जामवाल र श्रुति हसन स्टारर सिनेमा पावर जीप्लेक्समा रिलिज हुने भएको छ । यो सिनेमा जनावरी १४ देखि जीप्लेक्समा रिलिज हुँदैछ ।
‘पावर एकदम मनोरन्जनात्मक सिनेमा हो । हाम्रा दर्शकहरुका लागि राम्रो सामग्री ल्याउने हाम्रो प्रयास छ । यो सिनेमाले दर्शकलाई मनोरन्जन गराउने छ भन्ने कुरामा हामी ढुक्क छौं’ जीप्लेक्सका सीइओले बताए ।
विजय गलानीले निर्माण गरेको सिनेमालाई महेश मन्जेकरले निर्देशन गरेका छन् ।



प्रतिक्रिया