सिद्धार्थको ‘फाइटर’मा ऋतिक र दीपिका

सिद्धार्थको ‘फाइटर’मा ऋतिक र दीपिका

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं– बलिउड अभिनेता ऋतिक रोशनको ४७ औं जन्मदिनको अवसर पारेर एक्सन सिनेमा ‘फाइटर’को औपचारिक निर्माण घोषणा गरिएको छ । सिनेमामा ऋतिकसँग अभिनेत्री दीपिका पादुकोणले काम गर्ने पक्का भएको छ । ऋतिक र दीपिकाले पहिलो पटक स्क्रिन सेयर गर्न लागेका हुन् ।

समीक्षक तरण आर्दशले सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै सिनेमा निर्माण घोषणाको जानकारी दिएका छन् । जसमा सिनेमाको मुख्य कलाकार सहित पुरै निर्माण टिमको नाम सार्वजनिक गरिएको छ । भिडियोमा मुख्य अभिनेता ऋतिक रोशनको संवाद राखिएको छ ।

सिद्धार्थ आनन्द निर्माण तथा निर्देशित सिनेमा गान्धी जयन्तीको अवसर पारेर ३० सेप्टेम्बर २०२२ मा रिलिज हुनेछ । निर्देशक सिद्धार्थ र ऋतिकको ‘ब्याङ ब्याङ’ र ‘वार’ पछि तेस्रो सहर्काय हो ।