अनुष्का र बिराट दम्पत्तिलाई पुत्रीलाभ

अनुष्का र बिराट दम्पत्तिलाई पुत्रीलाभ

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीलाई पुत्री लाभ भएको छ । विराटले सामाजिक संजालबाट आफूहरुलाई पुत्री लाभ भएको र अनुष्का र छोरीको स्वास्थ्य अवस्था राम्रो रहेको जनाएका छन् ।

विराटले सामाजिक संजालमा लेखेका छन्, ‘हामी दुबै जना निकै खुशी छौ किनकी आज हामीलाई पुत्री लाभ भएको छ । हामी सबैको माया र शुभकामनाका लागि धन्यवाद ज्ञापन गर्न चाहन्छौ । अनुष्का र हाम्री छोरी स्वस्थ छन् र हामी जिन्दगीको नयाँ अध्याय सुरु गर्न जाँदैछौ । यतीबेला हामीलाई थोरै मात्रामा भएपनि गोप्यता चाहिएको छ भन्ने कुरामा तपाइहरु सबै समझदार हुनुहुन्छ भन्ने लागेको छ ।’

अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीले २०१७ मा बिहे गरेका थिए । अनुष्काले लकडाउनको समयमा आफू आमा बन्ने तयारीमा रहेको खुलाएकी थिइन् । क्रिकेटर विराट कोहलीले अनुष्कालाई समय दिने भन्दै क्रिकेट खेलबाट केही समयका लागि छुट्टी समेत लिएका छन् ।