‘अन्धाधुन’ निर्देशकको सिनेमामा विजय र कट्रीना

‘अन्धाधुन’ निर्देशकको सिनेमामा विजय र कट्रीना

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं– साउथ अभिनेता विजय सेतुपति आमिर खानको ‘लाल सिंह चड्डा’बाट बलिउडमा डेब्यू गर्ने तयारीमा थिए । तर, उनी यो सिनेमाबाट बाहिरिसकेका छन् । अब, विजय ‘अन्धाधुन’ निर्देशक श्रीराम राघवनको सिनेमामा देखिने भएका छन् । सिनेमामा विजयसँगै कट्रीना कैफको मुख्य भुमिका रहनेछ ।

विजय र कट्रीना बाहेक अन्य कलाकार फाइनल गरिएको छैन । विजय अभिनित तामिल सिनेमा ‘मास्टर’ प्रदर्शनको तयारीमा छ । त्यस्तै, कट्रीना हाल ‘फोन भूत’को छायांकनमा व्यस्त छिन् । साथै उनी रोहित शेट्टीको सिनेमा ‘सूर्यवंशी’को प्रदर्शनको पर्खाइमा छिन् ।                                         -एजेन्सी