छायांकन अगावै विवादमा कंगनाको ‘धाकड’

छायांकन अगावै विवादमा कंगनाको ‘धाकड’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं– बलिउड अभिनेत्री कंगना रनावतले ‘थलाइवी’को छायांकन सकेकी छन् । उनी आगामी सिनेमा ‘धाकड’को छायांकनको लागि भोपाल पुगेकी छन् । तर, सिनेमा छायांकन हुनुभन्दा अगाडी नै विवादमा फसेको छ । 

भारतीय मिडिया अनुसार एक राजनीतिक युवाको समूहले कंगना रनावतको सिनेमालाई लिएर विरोध प्रदर्शन गरेका छन् । उनीहरुले कंगनालाई भोपालबाट फर्काउने माग राखेका छन् । कंगना आफ्नो सुटिङ शेड्यूल पुरा गर्ने कोशिश गरिरहेकी छन् ।

उनले मध्य प्रदेशको मुख्यमन्त्री शिवराज सिंह चौहानसँग भेटघाट गरेकी छन् । मुख्यमन्त्री सिंहसँगको भेटमा उनले भनिन्, ‘म मध्य प्रदेशमा तेस्रो सिनेमाको सुटिङ गर्दैछु । यस अघि मैले ‘पंगा’ र ‘मणिकर्णिका’को सुटिङ गरेको थिए । म आफुलाई भाग्यशाली ठान्छु किनकी मैले बारम्बार मध्य प्रदेशमा आउने मौका पाइरहेको छु । मुख्यमन्त्री महिला सशक्तिकरणको लागि प्रोत्साहन गर्नुहुन्छ साथै उहाँ हामीलाई मार्गदर्शन पनि दिनुहुन्छ ।’

रजनीश घईको निर्देशनमा बन्ने सिनेमामा बाल तस्करी तथा महिला शोषणको कथा देखाइनेछ ।