रिलिजकै दिन पाइरेसीको मारमा विजयको ‘मास्टर’

रिलिजकै दिन पाइरेसीको मारमा विजयको ‘मास्टर’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बक्स अफिसमा बम्पर सुरुवात गरेको तमिल सुपरस्टार विजय र विजय सेतुपती स्टारर सिनेमा ‘मास्टर’ पाइरेसीको मारमा परेको छ । रिलिजको पहिलो दिनमा नै मास्टरलाई तमिल रकर्सले अनलाइनमा रिलिज गरिदिएको छ ।

पाइरेसीमा परेसँगै निमार्ण टिम र अन्य सिनेमाकर्मीले दर्शकलाई ‘मास्टर’को पाइरेटेड भर्सन नहेरी हलमै सिनेमा हेर्न आग्रह गरेको छ । बलिउड मिडियाका अनुसार सिनेमाले प्रदर्शनको पहिलो दिन ४० करोडको आसपास कमाई गरेको बताएका छन् । कोरोना कहरको समयमा बम्पर ओपनिङ गर्ने पहिलो सिनेमा हो ।

सिनेमामा विजय र विजय सेतुपतिका अलावा मालविका मोहनन, शान्तनु भाग्यराज, अर्जुन दास र नसरलगायतको पनि अभिनय रहेको छ । बलिउड समीक्षक तथा ट्रेड ऐनालिस्ट तरण आदर्शले मास्टरको हिंन्दी भर्सनमा पनि राम्रो बिजनेश गर्ने विश्वास व्यक्त गरेका छन् ।

लोकेश कंगराज निर्देशित सिनेमा बुधवार तमिल, तेलुगु र कन्नड भाषामा रिलिज भएको थियो । भने, बिहिबारबाट हिंन्दीमा समेत रिलिज भएको छ ।