‘फाइटर’को कारण रोकियो दीपिका र प्रभासको सिनेमा

‘फाइटर’को कारण रोकियो दीपिका र प्रभासको सिनेमा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं– साउथ सुपरस्टार प्रभास र दीपिका पादुकोणले नाग अश्विनको अनटाइटल सिनेमा साइन गरेका थिए । केहि महिनापछि सिनेमाको छायांकन गरिने भनिएको थियो । तर, सिनेमाको छायांकनको शेड्युल पछाडि थकेलिएको छ ।

अभिनेत्री दीपिकाले हालै ऋतिक रोशनसँग सिद्धार्थ आनन्दको सिनेमा ‘फाइटर’ साइन गरेकी छन् । उनी प्रभासको सिनेमा भन्दा पहिला ऋतिकको सिनेमालाई समय दिदैछिन् । नाग अश्विनको निर्माण टिमको एक सदस्यका अनुसार, ‘ऋतिक रोशनको फाइटर साइन गरेपछि दीपिकाले आफ्नो सुटिङ शेड्युल परिवर्तन गरेकी हुन् । उनी छिट्टै फाइटरको सुटिङ सुरु गर्दैछिन्, जसको कारण प्रभासको सिनेमाको छायांकन केहि समय पछि सरेको हो ।’ सिनेमाको छायांकन २०२२ बाट सुरु हुनेछ ।

नाग अश्विनको साइन्स फिक्सन सिनेमामा प्रभास र दीपिकाका अलवा अमिताभ बच्चनको पनि मुख्य भुमिका रहनेछ । प्रभासले पहिलो पटक दीपिकासँग स्क्रिन सेयर गर्दैछन् । यो सिनेमा हिन्दी, तमिल, तेलुगु, कन्नड, मल्यालम गरी पाँच भाषामा रिलिज हुनेछ ।                                                                                         -एजेन्सी