विजयको ‘मास्टर’ले गर्यो बम्पर ओपनिङ

विजयको ‘मास्टर’ले गर्यो बम्पर ओपनिङ

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं– कोरोना महामारीका बाबजुद साउथ सुपरस्टार थलापति विजय र विजय सेतुपति अभिनित सिनेमा ‘मास्टर’ले बम्पर ओपनिङ गरेको छ ।

सिनेमाले तमिलनाडुमा मात्रै २६ करोडको ओपनिङ गरेको छ । त्यस्तै, सिनेमाले देशभरबाट ४२. ५० करोड कलेक्सन गरेको छ । दोस्रो दिन पनि दर्शकको उपस्थिति राम्रो रहेको भारतीय मिडियाले उल्लेख गरेको छ ।

सिनेमामा विजय र विजय सेतुपतिका अलावा मालविका मोहनन, शान्तनु भाग्यराज, अर्जुन दास र नसरलगायतको पनि अभिनय रहेको छ । सिनेमा बुधवार तमिल, तेलुगु र कन्नड भाषामा रिलिज भएको थियो । भने, बिहिबारबाट हिन्दीमा समेत रिलिज भएको छ । तर, बलिउडमा भने यो सिनेमा ठिकठाक मात्र चलेको समाचार छ ।
यो सिनेमा बिहिबारबाट नेपालमा पनि लागेको थियो । वितरकले बताए अनुसार मास्टर राम्रो चलिरहेको छ । ‘१० महिना पछि यति दर्शक आउनु भनेको राम्रो चल्नु हो ।’