जनवरी २४ मा विवाह गर्दै वरुण र नताशा

जनवरी २४ मा विवाह गर्दै वरुण र नताशा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं– बलिउड अभिनेता वरुण धवनले जनवरी २४ मा प्रेमिका नताशा दलालसँग विवाह गर्न लागेका छन् । लामो समय प्रेम सम्बन्धमा रहेपछि उनीहरुले विवाह गर्न लागेका हुन् । 

कोरोना भाइरसको जोखिमबीच उनीहरुको विवाहमा परिवारको सदस्य मात्रै उपस्थित हुने बताइएको छ । उनीहरुको विवाहमा करिब ४०\५० जनाको उपस्थिति रहने भारतीय मिडियामा उल्लेख छ । पाँच दिन लामो विवाह समारोह अलिबागमा हुँदैछ । विवाहपछि उनीहरुले मुम्बईमा सेलिब्रेट्रीको लागि रिसेप्सन पार्टी राखेका छन् ।

वरुणकी प्रेमिका नताशा फेसन डिजाइनर हुन् । उनले आफ्नो विवाहको लेहेंगा आफै डिजाइन गरेकी छन् ।