‘लाइगर’बाट बलिउडमा डेब्यू गर्दै विजय

‘लाइगर’बाट बलिउडमा डेब्यू गर्दै विजय

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं– साउथ अभिनेता विजय देवरकोन्डा एक्सन सिनेमा ‘लाइगर’बाट बलिउडमा डेब्यू गर्दैछन् । सोमबार फर्स्ट लुक पोस्टर सार्वजनिक गर्दै सिनेमाको औपचारिक घोषणा गरिएको छ । सार्वजनिक पोस्टरमा सिंह र बाघको समिश्रणको रुपमा विजयलाई प्रस्तुत गरिएको छ ।

सिनेमामा विजयसँगै अनन्या पाण्डे, राम्या कृष्ण, रोनित रोय र विशु रेड्डी लगायत कलाकारको अभिनय रहनेछ । पुरी जगन्नाथले निर्देशन गर्ने सिनेमामा करण जोहर, अर्पूव मेहेता, यश जोहर र चार्मी कौरको लगानी छ ।

धर्मा प्रोडक्सन र पुरी कनेक्टस्को प्रस्तुतिमा बन्ने सिनेमा हिन्दी, तमिल, तेलुगु, कन्नड र मलयालम गरी पाँच भाषामा रिलिज हुनेछ ।