कंगनाको ‘धाकड’ र शाहिदको ‘जर्सी’को रिलिज डेट घोषणा

कंगनाको ‘धाकड’ र शाहिदको ‘जर्सी’को रिलिज डेट घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं– कंगना रनावतको सिनेमा ‘धाकड’को नयाँ पोस्टर सार्वजनिक गर्दै रिलिज डेट तय गरिएको छ । सिनेमा २०२१ अक्टोबर १ अर्थात असोज १५ गते रिलिज हुँदैछ । राज्नीश राज घईले निर्देशन गरेको सिनेमा दिपक मुकुट र सोहेल मक्लाईको लगानी रहेको छ । 

दिपावलीमा शाहिदको जर्सी
शाहिद कपूरको सिनेमा ‘जर्सी’ दिपावलीको अवसर पारेर २०२१ नोभेम्बर ५ अर्थात कार्तिक १९ गते रिलिज हुँदैछ । गौतम तिन्ननुरीले निर्देशन गरेको सिनेमामा शाहिदको अलवा मृणाल ठाकुर र पंकज कपूर अभिनय छ । 

तेलुगु सुपर हिट सिनेमालाई हिन्दीमा अल्लू अरविन्दको प्रस्तुतिमा अमन गिल र यशनागा वंशीले लगानी गरेका हुन् ।