वितरकको आग्रहमा ‘राधे’ हलमा रिलिज गर्दै सलमान

वितरकको आग्रहमा ‘राधे’ हलमा रिलिज गर्दै सलमान

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता सलमान खान अभिनित प्रतिक्षित सिनेमा ‘राधे : योर मोस्ट वान्टेड भाई’ अन्ततः हलमै रिलिज हुने भएको छ । सामाजिक संजालमा एक वक्तव्य जारी गर्दै उनले सन् २०२१ को इदमा सिनेमा प्रदर्शनको घोषणा गरेका हुन् ।

सलमान लेखेका छन,-‘यो कठिन समयमा यस्तो निर्णय लिनु ठूलो कुरा हो । मलाई अहिले प्रदर्शक र वितरक कसरी आर्थिक संकटसँग जुधिरहेका छन् भन्ने कुराको ज्ञान छ र यही कारण सिनेमालाई हलमा रिलिज गर्ने निधो गरेको हुँ ।’

‘राधे’ हेर्न हल पुग्ने दर्शकको सुरक्षा सुनिश्चित गर्न पनि सलमानले प्रदर्शकलाई आग्रह गरेका छन् । यसै महिनाको सुरुआतमा भारतीय सिनेमाका वितरकले सलमानलाई ‘राधे’ हलमै रिलिज गर्न आग्रह गरेका थिए । राधे रिलिज गर्दा कोरोनाले थलिएको सिनेमा उद्योग उकासिने अनुमान गरिएको छ ।

प्रभु देवाको निर्देशनमा निर्माण भएको सिनेमामा सलमानका अलवा दिशा पटानी, रणदीप हुन्ड्डा, ज्याकी श्रोफ लगायतका कलाकारको अभिनय रहेको छ ।