दीपक र केकी अभिनित ‘छ माया छपक्कै’ युट्युबमा रिलिज

दीपक र केकी अभिनित ‘छ माया छपक्कै’ युट्युबमा रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दीपेन्द्र लामाको निर्देशनमा निर्माण भएको सिनेमा ‘छ माया छपक्कै’ युट्युबमा रिलिज गरिएको छ । सिनेमा गतवर्षको दशैंको अवसरमा रिलिज भएको थियो । बक्स अफिसमा सुपरहिट सावित भएको सिनेमाले समिक्षकबाट पनि राम्रो प्रतिक्रिया पाएको थियो ।

सिनेमाको पाइरेसी भएपछि युटुबमा रिलिज गरिएको छ । निर्माता तथा कलाकार दीपकराज गिरी र निर्माण टिमले सिनेमाको पाइरेसी कपी युटुबमा छ्याप्तछ्याप्ती भेटिन थालेपछि हतारमा सिनेमा रिलिज गरेको हो । रोहित अधिकारीको एकल लगानी रहेको सिनेमामा दीपकराज गिरीको टिमले ५० प्रतिशत नाफामा काम गरेका थिए ।

रोहित अधिकारी फिल्मस्को ब्यानरमा दीपक-दीपाकाको प्रस्तुतीमा निर्माण सिनेमामा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी, सुपुष्पा भट्ट लगायतका कलाकारको अभिनय रहेको छ । यही टिमको निर्माण रहेको सिनेमा ‘छक्का पन्जा ३’ केही हप्ता अगाडी मात्र युटुबमा रिलिज गरिएको थियो ।