युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा ‘छ माया छप्पक्कै’

युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा ‘छ माया छप्पक्कै’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दीपेन्द्र लामा निर्देशित सिनेमा ‘छ माया छपक्कै’ युट्युब ट्रेन्डिङको पहिलो स्थानमा छ । युट्युबमा सिनेमाले सकारात्मक प्रतिक्रिया बटुल्दै २२ लाख भन्दा बढि भ्यूज पाएको छ ।

गतवर्षको दशैंको अवसरमा रिलिज सिनेमा बक्स अफिसमा सुपरहिट सावित भएको थियो । रोहित अधिकारीको एकल लगानी रहेको सिनेमामा दीपकराज गिरीको टिमले ५० प्रतिशत नाफामा काम गरेका थिए ।

रोहित अधिकारी फिल्मस्को ब्यानरमा दीपक–दीपाकाको प्रस्तुतीमा निर्माण भएको सिनेमामा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी, सुपुष्पा भट्ट लगायतका कलाकारको अभिनय रहेको छ । यही टिमको निर्माण रहेको सिनेमा ‘छक्का पन्जा ३’ केही साता अगाडी मात्र युटुबमा रिलिज गरिएको थियो ।