प्रेमिका नताशासँग विवाह वन्धनमा बाँधिए वरुण

प्रेमिका नताशासँग विवाह वन्धनमा बाँधिए वरुण

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता वरुण धवनले आइतबार प्रेमिका नताशा दलालसँग विवाह गरेका छन् । अलीबागको द म्यानसन हाउस रिसोर्टमा भएको विवाह समारोहमा सिमित साथी र परिवारको मात्र उपस्थिति रहेको थियो । उनीहरु एकअर्कालाई बाल्यकालदेखि चिन्दथे ।

अध्ययन पूरा भएपछि उनीहरुको फेरि भेट भएको थियो र दुवै प्रेममा डुबेका थिए । लामो समय सम्बन्ध लुकाएपछि वरुणले नताशासँगको प्रेम स्वीकार गरेका थिए । उनीहरुले विवाहलाई निकै प्राइभेट राखेका थिए । विवाहपछि वरुणले इन्स्टाग्राममार्फत विवाहका तस्विरहरु शेयर गरेका छन् । तस्विरमा वरुण र नताशालाई दुलहा-दुलहीको भेषमा निकै सुन्दर देखिएको छ ।

इन्स्टामा तस्विर शेयर गर्दै वरुणले लेखेका छन्, ‘जिन्दगीभरको प्रेम अब आधिकारिक भयो ।’ कोरोनाका कारण वरुण र नताशाको विवाह समारोहमा निकै कम अतिथी बोलाइएको थियो । बलिउड मिडियाका अनुसार, वरुण विवाहको रिसेप्सन पार्टी २ फेब्रअरीमा मुम्वईको पाँच तारे होटलमा भव्य रुपमा आयोजना हुनेछ । यसका लागि सलमान खानदेखि दीपिका पादुकोणसम्मलाई निमन्त्रणा गरिएको छ ।