ज्याकलीनसँग हलिउड सिनेमामा डेब्यू गर्दै अन्जली लामा

ज्याकलीनसँग हलिउड सिनेमामा डेब्यू गर्दै अन्जली लामा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपालकी ट्रान्सजेन्डर इन्टरनेशल मोडल अञ्जली लामाले हलिउड सिनेमामा काम गर्ने भएकी छन् । लीना यादवले निर्देशन गर्ने पार्ट ‘सेयरिङ ए राइड’बाट हलिउडमा डेब्यू गर्न लागेकी हुन् । यो सिनेमामा उनीसँगै बलिउड अभिनेत्री ज्याकलीन फर्नान्डिसले पनि डेब्यू गर्दैछन् । 

६ भागमा निर्माण हुने सिनेमालाई ६ जना महिला निर्देशकले निर्देशन गर्नेछन् । डेडलाइनको रिपोर्ट अनुसार, यो एक एन्थोलजी सिनेमा हो । जसको शीर्षक ‘वुमेन्स स्टोरीज’ राखिएको छ । महिलाको जिन्दगीको फरक–फरक पक्ष देखाइने सिनेमामा कारा डेलेविन्ज, ईवा लोन्गोरिया, मार्गरिटा बाय, मारिका गे हार्डेन र लीवनर वारेलाको पनि मुख्य भूमिका रहनेछ ।   
लर्वोलिनो इन्टरटेन्मेन्टको को–प्रोडक्सन र ‘वि डू इज टुगेदर’ ले निर्माण सिनेमाको छायांकन भारत र अमेरिकामा हुनेछ । सिनेमामा सबै कलाकार महिला हुनेछन् ।

२०१६ मा भारतको प्रतिष्ठित ‘ल्याक्मे फेसन शो’ मा अन्जली उत्कृष्ट २० सम्म पुगेकी थिइन् । यसमा सहभागिता जनाउने उनी नै पहिलो तेस्रोलिंगी मोडल हुन् ।