शाहरुखको ‘फ्रेडी’मा कट्रिना र कार्तिक

शाहरुखको ‘फ्रेडी’मा कट्रिना र कार्तिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शाहरुख खानको रेड चिल्लीस्बाट निर्माण हुने सिनेमा ‘फ्रेडी’मा कट्रिना कैफ र कार्तिक आर्यानको अभिनय रहनेछ । अजय बहलले निर्देशन गर्ने सिनेमामा कट्रिना र कार्तिक पहिलो पटक एक साथ काम गर्दैछन् । 

भारतीय मिडिया अनुसार सिनेमाको लागि कट्रिनासँग मौखिक रुपमा सम्झौता भएको छ । तर, लिखित रुपमा सम्झौता भएको छैन । सिनेमाको लागि आफु उत्साहित रहेको कट्रिनाले बताएकी छन् ।

पछिल्लो समय कट्रिनाले शाहरुखसँग सिनेमा ‘जिरो’मा काम गरेकी थिइन् ।