छायांकनमा प्रभासको ‘आदिपुरुष’ र आयुष्मानको ‘अनेक’

छायांकनमा प्रभासको ‘आदिपुरुष’ र आयुष्मानको ‘अनेक’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – साउथ सुपरस्टार प्रभासले ‘आदिपुरुष’को छायांकन सुरु गरेका छन् । ओम राउत निर्देशित सिनेमा प्रभास र सैफ अली खानको मुख्य भुमिका रहनेछ । 

भुषण कुमार, किशन कुमार, ओम राउत, प्रसाद सुतर र राजेश नैरको लगानी रहेको सिनेमा हिन्दी, तेलुगु, तमिल, मलायलम र कन्नड गरी पाँच भाषामा रिलिज हुनेछ । यो सिनेमाको अलवा प्रभास ‘राधे श्याम’ र ‘सलार’को छायांकन गरिरहेका छन् ।

छायांकनमा आयुष्मानको ‘अनेक’
बलिउड अभिनेता आयुष्मान खुरानाको सिनेमा ‘अनेक’को निर्माण घोषणासँगै छायांकन सुरु गरिएको छ । भुषण कुमार र अनुभव सिन्हाले निर्माण गर्न लागेको सिनेमालाई अनुभव सिन्हाले निर्देशन गर्नेछन् । आयुष्मान र निर्देशक अनुभवले ‘आर्टिकल १५’ मा एक साथ काम गरेका थिए । 

शिल्पा शेट्टीको ‘हंगामा २’ को छायांकन सकियो
प्रिया दर्शनको सिनेमा ‘हंगामा २’ को छायांकन सकिएको छ । रतन जैन, गणेश जैन र चेतन जैनको लगानी रहेको सिनेमामा परेश रावल, शिल्पा शेट्टी कुन्द्रा, प्रनिथ सुभाष लगायतका कलाकारको अभिनय रहेको छ । यो सिनेमाबाट अभिनेत्री शिल्पा १२ वर्ष पछि कमब्याक गर्दैछिन् ।

तापसीको ‘लुपलपेटा’को फर्स्ट लुक सार्वजनिक
बलिउड अभिनेत्री तापसी पुनको सिनेमा लुपलपेटाको फर्स्ट लुक सार्वजनिक भएको छ । आकाश भाटियाले निर्देशन गरेको सिनेमामा तापसीको अपोजिट तहिर राज भसिन छन् ।

-एजेन्सी