शाहरुखको ‘पठान’मा सलमानदेखि दीपिकासम्म

शाहरुखको ‘पठान’मा सलमानदेखि दीपिकासम्म

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता शाहरुख खानको सिनेमा ‘पठान’मा सलमान खान, दीपिका पादुकोण र जोन अब्राहम पनि देखिने भएका छन् । ‘पठान’को आगामी सेड्युल यूएईमा रहेको छ ।

बलिउड हंगामाको अनुसार, ‘सलमानले १५ दिनसम्म यूएईको शेड्यूलमा सुट गर्नेछन् । ‘टाइगर ३’ को सुटिङ हुनुभन्दा अगाडी उनले आफ्नो सुट गरिसक्ने छन् । उनी एक्सन सीनमा देखिनेछन् ।’ ‘जिरो’ पछि शाहरुख र सलमान एक साथ पर्दामा देखिदैछन् ।

यूएईको बुर्ज खलीफामा एक्सन सीन छायांकन गरिनेछ । शाहरुख र दीपिकाले सिनेमाको एक सीक्वेन्सको छायांकन मुम्बईमा गरेका छन् । केहि समयपछि जोन अब्राहम र शाहरुखबीच एक्सन सीन छायांकन गरिने छ । सिनेमामा दीपिका एक खुफिया एजेन्टको रुपमा देखिनेछिन् ।

सिद्धार्थ आन्नद निर्देशित सिनेमालाई यशराज फिल्मसको ब्यानरले निर्माण गर्दैछ ।