अक्षय र कैट्रिनाको सुर्यवंशी अप्रिल २ मा रिलिज ?

अक्षय र कैट्रिनाको सुर्यवंशी अप्रिल २ मा रिलिज ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र कैट्रिना कैफको मुख्य भुमिका रहेको सिनेमा ‘सुर्यवंशी’ अप्रिल २ अर्थात चैत्र २० गतेबाट रिलिज हुने भएको छ । बलिउड हंगामाका अनुसार रोहित सेट्टी सिनेमाको आगामी साता अफिसियल प्रदर्शन मिति घोषणा गर्नेछन् ।

बहुप्रतिक्षित सिनेमा ‘सुर्यवंशी’को भारतमा शतप्रतिसत अकुपेन्सी सहित हल खुलेपछि रिलिज मिति घोषणा गर्न लागीएको हो । सिनेमामा अजय देवगण र रणवीर सिंहले विशेष भुमिका निवार्ह गरेका छन् । निर्माण कम्पनीले सिनेमालाई युनिभर्सल कोप सिरिजको रुपमा रिलिज गरिँदैछ ।

गतवर्षको मार्च २४ लाई ‘सुर्यवंशी’को प्रदर्शन मिति फाइनल गरिएको थियो । सिनेमा रिलिजको सम्पुर्ण तयारी भैसक्दा अन्तिममा कोरोना महामारीका रोकिएको थियो । सिनेमामा ज्याकी श्राफ, जावेद जफारी, गुल्सन ग्रोवर र शिकन्दर खेरको पनि अभिनय रहनेछ ।