anmol jasita

आलियाको ‘गंगुबाई कठियावाडी’मा भिलेन बन्दै अजय ?

आलियाको ‘गंगुबाई कठियावाडी’मा भिलेन बन्दै अजय ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक संजयलीला भन्साली हाल धमाधम आलिया भट्टलाई लिएर ‘गंगुबाई कठियावाडी’को छायांकनमा व्यस्त छन् । बलिउड मिडियाका अनुसार हाल सिनेमाको एक्शन पार्टको छायांकन भैरहेको छ ।

यसैबीच बलिउड मिडियामा ‘गंगुबाई कठियावाडी’मा बलिउड अभिनेता अजय देवगण भिलेनको भुमिकामा देखिने चर्चा भैरहेको छ । सिनेमामा अजयको विशेष भुमिका रहनेछ । जसमा उनले हिरोको नभई भिलेनको भुमिका निवार्ह गर्ने उल्लेख छ ।

यस बिषयमा सिनेमाका निर्माता तथा निर्देशक भन्सालीको तर्फबाट आधिकारीता पुष्टी भएको छैन् । बलिउड मिडियाको चर्चालाई आधार मान्ने हो, भने ‘गंगुबाई कठियावाडी’ आगामी दिपावलीको अवसरमा प्रदर्शन हुनेछ । सिनेमा एस हुसैन जैदीको किताब ‘अ क्वीनस् अफ मुम्बई’को एक च्याप्टर माथी निर्माण भैरहेको छ ।