साजिदको ‘बागी ४’ मा टाइगर र सारा

साजिदको ‘बागी ४’ मा टाइगर र सारा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेत्री सारा अली खान टाइगर श्राफसँग ‘बागी ४’ मा देखिने भएकी छन् । यो सिनेमा मार्फत साराले टाइगरसँग पहिलो पटक स्क्रिन सेयर गर्दैछिन् ।   

केहि समय अगाडी टाइगर र सारा ‘हिरोपन्ती २’ रहने चर्चा चलेको थियो । साराको नाम ड्रग्स केसमा जोडिएपछि उनको ठाउँमा तारा सुतारिया अनुबन्धित भएकी थिइन् । निर्माता साजिद नाडियाडवालाले सारालाई एक सिनेमामा अभिनय गर्ने अवसर दिने बाचा गरेका थिए । सोहि बाचा पुरा गर्न उनले सारालाई ‘बागी ४’ मा लिएका हुन् ।

हाल अहमद खानको निर्देशन रहेको सिनेमा ‘हिरोपन्ती २’ को छायांकन भइरहेको छ । यो सिनेमाको छायांकन सकिएपछि टाइगरले ‘बागी ४’ को छायांकन सुरु गर्नेछन् । त्यस्तै, अभिनेत्री सारा हाल ‘अतरंगी रे’ मा व्यस्त छिन् । त्यसपछि उनी विकी कौशल अभिनित सिनेमा ‘अश्वथामा’ मा देखिदैछिन् ।

-एजेन्सी