ऋतिक र दीपिकाको ‘रामायण’मा राम बन्दै महेश बावु ?

ऋतिक र दीपिकाको ‘रामायण’मा राम बन्दै महेश बावु ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – तेलुगु सुपरस्टार महेश बावु बलिउडमा डेव्यु गर्ने भएका छन् । बलिउड हंगामाका अनुसार उनले मधु मन्टेनाको थ्रिडी सिनेमा ‘रामायण’बाट बलिउड डेव्युको तयारी थालेका हुन ।

उनको सिनेमामा बलिउड अभिनेता ऋतिक रोशन र अभिनेत्री दीपिका पादुकोणको पनि अभिनय रहनेछ । सिनेमामा ऋतिक रावण र महेश बावुले रामको भुमिका निवार्ह गर्नेछन् । भने, दीपिका सिताको भुमिकामा देखिने चर्चा बलिउड नगरीमा छ ।

लामो समयदेखि ‘रामायण’को तयारीमा रहेका मधु सिनेमाका लागी रामको अनुहार सुहाउँदो कलाकारको खोजीमा थिए । जस अनुसार उनले सिनेमाका लागी महेश बावुलाई अफर गरेका थिए ।

३ सय करोडको बजेटमा निर्माण हुने सिनेमाको कथा निकै मन पेरपछि महेश बाव राजी भएको दावी बलिउड मिडियाको छ । तर, यस विषयमा हालसम्म निर्माण कम्पनिले कुनैपनि जानकारी दिएको छैन् ।