प्रियंकाको पहिलो महिला जेम्स बन्ड बन्ने इच्छा

प्रियंकाको पहिलो महिला जेम्स बन्ड बन्ने इच्छा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडाले ‘महिला जेम्स बन्ड’ बन्ने इच्छा व्यक्त गरेकी छन् । हालै आफ्नो बायोग्राफी ‘अनफिनिस्ड’ सार्वजनिक गरेकी प्रियंकाले किताबको पवर्द्धनको क्रममा महिला जेम्स बन्ड बन्न आतुर रहेको बताएकी हुन् ।

‘मैले पहिला पनि भनेकी छु, जेम्स बन्ड मेरो मनपर्ने सिरिज हो । यदि यसका लागि निर्माताले मलाई योग्य ठाने भनेँ अवश्य गर्नेछु,’ उनले भनेकी छिन् । जेम्स बन्ड सिरिजको नयाँ सिनेमा ‘नो टाइम टु डाई’ यो बर्षको अन्तिममा रिलिज हुनेछ । अहिलसम्म कोरोना महामारीका कारण सिनेमाको तीन पटक प्रदर्शन मिति परिर्वतन भैसकेको छ ।

सिनेमा रिलिजसँगै जेम्स बन्डको रुपमा काम गरिरहेका डेनियल क्रेगले सिरिजबाट बिदा लिने घोषणा गरिसकेका छन् । उनको घोषणासँगै नयाँ जेम्स बन्डको खोजी सुरु भएको छ । सफल सिरजका लागि धेरै कलाकारको नाम चर्चामा आउने गरेका छन् । तर, चर्चाकै भिडमा अबको जेम्स बन्ड महिला बनाउनु पर्ने माग उठेको छ र यसका लागि थुप्रै नाम अगाडि आएका छन् ।

जसका लागि अभिनेत्री प्रियंका चोपडाले पनि आफ्नो दाबेदारी सार्वजनिक गरेकी छिन् । प्रियंकाले भर्खरै लन्डनमा नयाँ हलिउड सिनेमा ‘टेक्स्ट फर यु’को सुटिङ लण्डनमा सकाएकी थिइन् ।