प्रभासको ‘राधे श्याम’को टिजरसँगै रिलिज डेट घोषणा

प्रभासको ‘राधे श्याम’को टिजरसँगै रिलिज डेट घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – साउथका चर्चित अभिनेता प्रभासको सिनेमा ‘राधे श्याम’को टिजर सार्वजनिक गर्दै रिलिज डेट घोषणा गरिएको छ । सिनेमा ३० जुलाई अर्थात श्रावण १५ गते रिलिज हुनेछ ।

भ्यालेन्टाइन डेको अवसर पारेर रिलिज गरिएको सिनेमाको टिजरमा प्रभास लभर ब्वायको भुमिकामा देखिएका छन् । टिजरमा प्रभास र पूजा हेगडेलाई प्रस्तुत गरिएको छ । राधा कृष्ण कुमारको निर्देशन तथा लेखन रहेको सिनेमामा प्रभास र पूजासँगै भाग्यश्री, सचिन खेडेकर, कुनाल रोय कपूरलगायत कलाकारको अभिनय छ । 

पीरियड रोमान्टिक ड्रामा सिनेमामा कृष्ण रेड्डी, प्रमोद उप्पलपति र भूषण कुमारको लगानी रहेको छ । हिन्दी, तेलुगु, तमिल र मलयालम गरी चार भाषामा रिलिज हुनेछ ।

-एजेन्सी