रोहित र रणबीरको ‘सर्कस’मा दीपिकाको आइटम

रोहित र रणबीरको ‘सर्कस’मा दीपिकाको आइटम

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड निर्देशक रोहित सेट्टी र अभिनेता रणबीर सिंह हाल धमाधम नयाँ सिनेमा ‘सर्कस’को मुम्बईमा छायांकन गरिरहेका छन् । १९६० को सेटअपमा छायांकन भैरहेको कमेडी सिनेमामा अभिनेत्री दीपिका पादुकोणको प्रवेश भएको छ ।

रणबीरका अलवा ज्याकलीन फर्नान्डिस र पुजा हेग्डेको मुख्य भुमिका रहेको सिनेमामा दीपिकाको विशेष भुमिका रहनेछ । बलिउड मिडियाका अनुसार सिनेमामा दीपिकाले एक आइटम गीतसँगै केही सिनमा देखिनेछिन् ।

शुक्रबार, शनिबार र आतबार गरी तीन दिनसम्म दीपिकाले सर्कसको छायांकन गर्नेछिन् । मुम्बईमा यो सिनेमाको छायांकन सकेपछि उनी शाहरुख खान र जोन अब्राहम अभिनित सिनेमा पठानको छायांकनको लागी दुबई उड्नेछिन् ।

गुलजार निर्देशित ‘अंगूर’को रिमेकमा रणबीरले दोहोरो भूमिका निर्वाह गरेका छन् । गुलजार स्वयंले भने सिनेमा सेक्सपियरको ‘कमेडी अफ एरर्स’बाट प्रभावित भएर बनाएका थिए । यस्तै, विवाहपछि रणबीर र दीपिकाले ‘सर्कस’मा दोस्रो पटक सहकार्य गर्दैछन् । यो जोडीले पहिलो पटक स्क्रिन सेयर गरेको प्रतिक्षित सिनेमा ‘८३’ प्रदर्शनको तयारीमा छ ।