दोस्रो पटक आमा बनिन् करीना

दोस्रो पटक आमा बनिन् करीना

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेत्री करीना कपूर खान दोस्रो पटक आमा बनेकी छन् । उनले आइतबार बिहान ब्रीच कैंडी अस्पतालमा छोरालाई जन्म दिएकी हुन् ।

भारतीय मिडिया अनुसार करीना हिजो बेलुका अस्पतालमा भर्ना भएकी थिइन् । करिना अस्पताल भर्ना हुनु भन्दा अगाडि पनि काममा नै व्यस्त थिइन् । उनले शनिबार एक विज्ञापनको छायांकन  गरेकी थिइन् ।

करीना र सैफ अली खानको यस अघि पनि एक छोरा छन् । उनले २०१६ मा तैमूरलाई जन्म दिएकी थिइन् ।