‘पिके’को सिक्वेलमा आमिरसँगै रणवीर कपूर

‘पिके’को सिक्वेलमा आमिरसँगै रणवीर कपूर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आमिर खानको सिनेमा ‘पिके’को सिक्वेल बन्ने भएको छ । सिनेमाका निर्माता विधुविनोद चोपडाले सिक्वेल निर्माण घोषणा गरेका हुन्।

राजकुमार हिरानीले निर्देशन गरेको पिकेको पहिलो पार्टमा आमिर र रणवीर कपूर पृथ्वीमा फर्किएसँगै सिनेमा सकिएको थियो । सिनेमाको सिक्वेलको लागि कथा लेखन भइरहेको बताउदै विधुविनोदले भने, ‘अहिले स्क्रिप्ट लेखनको काम भइरहेको र सकिए लगत्तै निर्माण सुरु हुनेछ । सिनेमाको अन्तिममा आमिर र रणवीरलाई देखाइएको थियो । सबैलाई थाहा छ त्यसमा एउटा कथा छ ।’

उनले भने, ‘हामी पैसा कमाउने व्यवसायमा छैनौं । हामी सिनेमाको व्यवसाय गरिरहेका छौं । पैसा कमाउनै परे मुन्ना भाइका छ–सात सिक्वेल बनिसक्थे । पिकेका केही सिक्वेल बनिसक्थे ।’

पछिल्लो समय राजकुमार हिरानी र रणवीर कपूरले ‘सन्जू’मा सहकार्य गरेका थिए ।

-एजेन्सी