द सिनेमा टाइम्स, काठमाडौं – जोन अब्राहम र इमरान हाशमीको ग्याङस्टार ड्रामा सिनेमा ‘मुम्बई सागा’को टिजर सार्वजनिक भएको छ ।
सार्वजनिक टिजरमा जोन गुन्डाको रुपमा प्रस्तुत भएका छन् भने इमरान पुलिस अफिसरको भुमिकामा देखिएका छन् । टिजरमा यी दुईको अलवा प्रतिक बब्बर, ज्याकी श्राफ, रोनित रोय, सुनिल शेट्टी र गुलशन ग्रोवरको झलक पनि देखाइएको छ । तर, टिजरमा काजल अग्रवाललाई स्थान दिइएको छैन ।
सञ्जय गुप्ताको लेखन तथा निर्देशन रहेको सिनेमामा भूषण कुमार र कृष्ण कुमारको लगानी छ । यो सिनेमा मार्च १९ अर्थात चैत्र ६ गते देखि प्रदर्शन हुँदैछ ।



प्रतिक्रिया