प्रभासको ‘सलार’ र रणबीरको ‘एनिमल’ रिलिज घोषणा

प्रभासको ‘सलार’ र रणबीरको ‘एनिमल’ रिलिज घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – साउथ अभिनेता प्रभास र श्रुति हसन अभिनित सिनेमा ‘सलार’को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण टिमले प्रभासको एक पोस्टर सार्वजनिक गर्दै सिनेमा १४ अप्रिल २०२२ मा रिलिज हुने घोषणा गरेका हुन् ।

‘केजीएफ’ निर्देशक प्रशान्त नील निर्देशित सिनेमामा विजय किरागन्दुरको लगानी रहेको छ । सिनेमा हिन्दी, तमिल, तेलुगु, कन्नड र मलयालम गरी पाँच भाषामा रिलिज हुनेछ । यही मितिमा वरुण धवन र कृति सेनन अभिनित सिनेमा ‘भेडिया’ रिलिज हुँदैछ ।

रणबीर र परिणितिको ‘एनिमल’को प्रदर्शन मिति तय

बलिउड अभिनेता रणबीर कपूर र परिणिति चोपडा अभिनित सिनेमा ‘एनिमल’को प्रदर्शन मिति तय भएको छ । ‘कबीर सिंह’ निर्देशक संदीप रेड्डी वांगा निर्देशित सिनेमा ५ अक्टोबर २०२२ मा रिलिज हुनेछ ।

ग्याङस्टार ड्रामा सिनेमामा रणबीर र परिणितिसँगै अनिल कपूर र बबी देओलको मुख्य भुमिका रहनेछ । सिनेमामा भुषण कुमार, प्रणय रेड्डी वांगा, मुराद खेतानी र कृष्ण कुमारको लगानी छ ।