शाहरुखसँग मिलेर ‘डार्लिङ्स’ निर्माण गर्दै आलिया

शाहरुखसँग मिलेर ‘डार्लिङ्स’ निर्माण गर्दै आलिया

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेत्री आलिया भट्टले हालै आफ्नै प्रोडक्सन हाउस सञ्चालनमा ल्याएकी छन् । उनले आफ्नो प्रोडक्सन हाउस इन्टरनल सनसाइनबाट सिनेमा ‘डार्लिङ्स’को निर्माण घोषणा गरेकी छन्।

आलियाले शाहरुख खानको प्रोडक्सन हाउस रेड चिल्लीज इन्टरटेनमेन्टसँग सहकार्य गरेकी छन् । उनले सामाजिक सञ्जालमा सिनेमाको घोषणा गर्दै लेखेकी छन्, ‘यो निकै खास छ । इन्टरनल सनसाइन प्रोडक्सनको मेरो पहिलो उपहार डार्लिङ्सको निर्माण घोषणा गर्दैछु । आफ्नो फेवरेट शाहरुख खानको रेड चिल्लीज इन्टरटेनमेन्टको साथमा ।’

जसमीत के रीनको निर्देशनमा बन्ने सिनेमामा आलियासँगै शेफाली शाह, विजय बर्मा, रोशन मैथ्यूको अभिनय रहनेछ । यसमा सेफाली र आलिया आमा–छोरीको भूमिकामा हुनेछन् । शाहरुख सिनेमामा निर्माताको भूमिका मात्रै निर्वाह गर्दैछन् ।

आलिया र शाहरुख खानले ‘डियर जिन्दगी’मा अभिनय गरेका थिए ।