सोनु सुदले नेपाली फ्यानको उपचारमा सहयोग गर्ने

सोनु सुदले नेपाली फ्यानको उपचारमा सहयोग गर्ने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – भारतीय अभिनेता सोनु सुदले नेपाली फ्यानको शल्यक्रियाको लागि सहयोग गर्ने भएका छन् । उनले मधु पौडेलको उपचारको लागि सहयोग रकम जुटाउन ट्विटर मार्फत आग्रह गरेका छन् ।

नेपाली ट्विटर प्रयोगकर्ता मधु पौडेलले आफू १० वर्षदेखि एङ्किलसिङ स्पोनडाइलिटिज (ढाड दुख्ने समस्या) बाट पीडित भएको र उपचारका लागि पैसा नभएको भन्दै सुद र उनको फाउन्डेसनलाई मेन्सन गरेका थिए ।

सो पश्चात मधुले लठ्ठीको सहयोगमा हिँडेको भिडियो पोस्ट गर्दै उनले ट्वीट गरेका छन्, ‘अतिथि देवो भवः । हिन्दुस्तानबाट नेपाल बिना लठ्ठी दौडँदै पुग्नेछौ । जय हिन्द ।’