anmol jasita

‘श्रद्धा र रोहनको विवाहमा आपत्ती छैन’ राकेश श्रेष्ठ

‘श्रद्धा र रोहनको विवाहमा आपत्ती छैन’ राकेश श्रेष्ठ

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेत्री श्रद्धा कपूर र नेपाली मुलकका फोटोग्राफर रोहन श्रेष्ठको विवाहको बेला बेलामा चर्चा भईरहन्छ । हालै माल्दिभ्समा श्रद्धाको आफन्तको विवाहमा उनीहरु एकसाथ देखिएपछि विवाहको चर्चा चलेको हो ।

रोहनको बुबा रोशन श्रष्ठले श्रद्धा र रोहनको विवाहको बारेमा भारतीय मिडियासँग भने, ‘उनीहरु दुवै आफ्नो प्रोफेशनल लाइफमा निकै राम्रो गरिरहेका छन् । त्यसैले जे निर्णय लिएपनि समझदारीका साथ लिनेछन् । यदि उनीहरुले विवाह गर्ने निर्णय गरे भने म खुसीका साथ सबै कुरा गर्न तयार छु । मेरो डिक्सनेरीमा आपत्ती नामको शब्द छैन ।’

केहि समय अगाडी श्रद्धाका बुबा शक्ति कपूरले श्रद्धा काममा फोकस गरिरहेकी हुदाँ ४\५ वर्ष बिहे नगर्ने बताएका थिए ।

-एजेन्सी