शिल्पा र रमेशको भोजपुरी सिनेमा ‘जय शम्भु’ ट्रेलर रिलिज

शिल्पा र रमेशको भोजपुरी सिनेमा ‘जय शम्भु’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री शिल्पा पोखरेलको डेब्यु भोजपुरी सिनेमा ‘जय शम्भु’को ट्रेलर सार्वजनिक गरिएको छ । सिनेमामा शिल्पाको जोडी भोजपुरी स्टार प्रदीप पाण्डे चिन्टुसँग बाँधिएको छ । उनको एक्सन अवतारलाई ट्रेलरमा हाइलाइट्स गरिएको छ ।

सिनेमामा प्रदीपको प्रेमिकाको रुपमा शिल्पालाई देख्न सकिन्छ । तर, सार्वजनिक ट्रेलरमा शिल्पाको भूमिका सस्पेन्स राखिएको छ । निर्माण पक्षले शिल्पाको संवाद विहिन केहि झलक मात्र प्रस्तुत गरेको छ ।

गत वर्ष रिलिज भएको ‘भिलेन’ पश्चात शिल्पा सिल्भर स्क्रिनमा देखिएकी छैनन् । यस विचमा उनले केहि म्युजिक भिडियो र भोजपुरी सिनेमामा अभिनय गरिन् । तर, शिल्पाको नेपाली सिनेमा कमब्याकलाई लिएर दर्शक आतुर छन् ।

सिनेमामा प्रदीप र शिल्पासँगै सोनु खत्री, देव सिंह, धुर्व कोइराला, अनुप अरोरा, अकंक्षा दुबे र कालु रानालगायतका कलाकारको अभिनय छ । रिलिज डेट तय नभएको ‘जय शम्भु’लाई सोनु खत्रीले निर्माण एवं निर्देशन गरेका हुन् । सिनेमाको भारत र नेपालका विभिन्न सुन्दर लोकेशनमा छायांकन गरिएको छ ।

श्री श्रेष्ठको द्धन्द्व निर्देशन रहेको सिनेमामा रमेश बोगटीको कथा, उमालाल यादवको पटकथा र वीरु ठाकुरको संवाद छ । रमेश बोगटी जय शम्भुका क्रियटिभ निर्देशक समेत हुन् । उनले यसअघि ‘किन गरे माया’ नामक नेपाली सिनेमा निर्देशन गरेका थिए ।

यस्तै, शिल्पा अभिनित नेपाली सिनेमा ‘आर्या’ र अर्को भोजपुरी सिनेमा ‘प्रेमगीत २’ पनि प्रदर्शनको तयारीमा छन् ।