परिणीति अभिनित बायोपिक ‘साइना’ ट्रेलर रिलिज

परिणीति अभिनित बायोपिक ‘साइना’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेत्री परिणीति चोपडा अभिनित सिनेमा ‘साइना’को ट्रेलर सार्वजनिक गरिएको छ । १११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर ‘साइना’को ट्रेलर रिलिज गरिएको छ ।

यो सिनेमा भारतीय ब्याटमिन्टन खेलाडी साइना नेहवालको बायोपिक हो । साइनाको भुमिकामा परिणीति निकै फिट देखिएकी छन् । सिनेमाको यसअघि सार्वजनिक टिजर तथा पोस्टरले पनि दर्शकबाट निकै तारिफ पाएको बलिउड मिडियाले उल्लेख गरेका छन् ।

अमोल गुप्तेको निर्देशन रहेको सिनेमा मार्च २६ तारिखबाट विश्वभरका सिनेमा घरमा रिलिज हुँदैछ । सिनेमामा भुषण कुमार, कृष्ण कुमार, सुजय जैराज र रसेश शाहको लगानी रहेको छ ।